भीमफेदी गाउँपालिकाले गरिदियो १ सय ४० चेपाङ परिवारको निशुल्क स्वास्थ्य विमा

हेटौंडा टुडे
२३ असार २०७७, मंगलवार ०८:३६

२३ असार, हेटौँडा

भीमफेदी गाउँपालिले आफ्नो गाउँपालिका क्षेत्रमा रहेका सिमान्तकृत एवम् आर्थिक रुपले बिपन्न चेपाङ परिवारहरुको सोमबार स्वास्थ्य बिमा गरिदिएको छ । भीमफेदी गाउँपालिकाले १ सय ४० परिवारको ५ सय ५९ जनाको स्वास्थ्य विमा सोमबार गरेको र ५३८२०० रुपैयाँ बराबरको स्वास्थ्य विमा गरि कार्ड वितरण गर्ने काम सम्पन्न भएको हो र यो संगै गाउँपालिकाले स्वास्थ्य बिमा गरिदिएपछि चेपाङ समुदाय खुशी भएको भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लमाले बताए । सिमान्तकृत र बिपन्न रहेका चेपाङ समुदायको स्वास्थ्य क्षेत्रमा पहुँच विस्तारको लागि कार्यक्रम सुरु गरिएको लामाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image