पक्राउ परेका नेकपा विप्लवका जिल्ला सदस्य वल को रिहाईको माग गर्दै विज्ञप्ति प्रकाशन

टुडे संवादाता
२४ असार २०७७, बुधबार २०:५३

असार २४,हेटौंडा /नेपाल कम्निष्ट पार्टी ले आफ्ना नेता कार्यकर्तालाई विना कारण पक्राउ गरेको भन्दै विज्ञप्ति जारी गरी तत्काल रिहाईको माग गरेको छ ।

नेपाल कम्निष्ट पार्टी मकवानपुर सेक्रेटरी पासाङले आफ्ना जिल्ला सदस्य सोनाम सिङ बल लाई विना कारण पक्राउ गरि दुख दिएको भन्दै विज्ञप्ति प्रकाशन गरेका हुन ।

पासाङ द्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ “दलाल फासीवादी सत्ताका नाईकेहरु कसरी बिदेशी शक्तीका सामुन्यमा लम्पसार पर्ने भनेर तंछाड मछाड गरेर प्रतिसपर्धा गरिरहेका छन । देश र जनतालाई भन्दा आफु र विचौलियाको भविष्य शुन्दर वनाउने अभियानमा दलाल सत्ताका नाईकेहरु लागि परिरहेका छन । देश र समग्र समाज कोरनाको महामारीमा ग्रस्त छ । यस्तो विषम परिस्थितिमा समेत मानवियताको सिमा नाघेर भष्ट्रचार र कमिसनखोरीमा सरकार फसेको छ ।

जनता र समग्र राष्ट्रको हितमा तल्लिन नेपाल कम्निष्ट पार्टीका कार्यकर्ता हरु अकारण पक्राउमा पर्नु दलाल सत्ताको चाटुकारका निम्ती नौलो होईन यसै सिलसिलामा विरामी भएर आरम गरिरहेका नेपाल कम्निष्ट पार्टी मीवानपुरका जिल्ला सदस्य तथा युवा संगठन नापालका केन्द्रिय सदस्य कमरेड सोनाम सिङ वल लाई घरबाट दलाल सत्ताका प्रशासनले यसै दलाल सत्ताका स्थानिय जन प्रतिनिधीको सडेन्त्र सुराकी तथा उक्साहटमा गरिएको गिरफ्तार प्रती हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ । हाम्रो पार्टी यस्तो गैर्ह्र कानुनी हर्कतको घोर निन्दा र भत्सर्ना गर्दछ । गिरफ्तार कमरेड सोनाम सिङ वल लाई तत्काल विनासर्त रिहाई गर्न हाम्रो पार्टी जोडदार माग गर्दछ । तत्काल रिहाई नगरेमा उत्पन्न हुने परिस्थितीको जिम्वेवार स्वम् दलाल सत्ता यस्को प्रशासन हुने व्योहोरा सबैमा जानकारी गराईन्छ “। नेपाल कम्निष्ट पार्टी मकवानपुर सेक्रेटरी पासाङले भने तत्काल विना सर्त रिहा नगरे त्यस पछी को अबस्था चुनौती पुर्ण रहने चेतावनी समेत दिएका थिए ।जननी नेपालमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*