साउन ७,हेटौंडा / मकवानपुरगढी गाउँपालिका वडा नम्वर ३ मा रहेको श्री भानु माध्यमिक विद्यालयमा १२ कोठे नयाँ भवन निर्माणमा अनियमितता भएपछि अख्तियार दुरुपयोग अनुसन्धान हेटौँडाको टोल भर्खरै भानु मावि पुगेको छ ।
विशेष स्रोतका अनुसार तु खबरलाई प्राप्त सूचना अनुसार हात्तिपाइले मापदंड अनुसार नभएको, बेस बिम नहालिएको, नक्सामा उल्लेख भएअनुसार छड प्रयोग नगरी अनियमितता गरेको आशंकामा अनुसन्धान कार्यका लागि अख्तियारको टोली भानु मावि पुगेको हो ।
हात्तिपाइलेको निर्माण मापदण्ड अनुसार नभएको, कूल १० वटा मध्ये ४ वटा बेस बिम नराखीएको, नक्सामा उल्लेख भएअनुसारको छड प्रयोग नगरीएको, चुरीको संख्यामा कटौती गरिएको र दूरी बढी कायम गरिएको, निर्माण सामग्रीमा सिमेन्टको मात्रा ठगी गरिएको लगायतका विषयमा बारम्बार समाचार प्रकाशन गरिरहेको छ ।
यो पनि पढ्नुहोस,
सेयर गर्नुहोस्