कामै नसकी सरकारी पैसा फुत्काउने भानु माविको दाउ, काम बाँकी छदै सम्पन्न भनेर शिक्षा निर्देशनालयले काट्यो चेक

टुडे संवादाता
७ श्रावण २०७७, बुधबार १४:५५

साउन७,हेटौंडा /मकवानपुरगढी गाउँपालिका वडा नम्वर ३ मा रहेको श्री भानु माद्यामिक विद्यालयले सम्झौता अनुसार भवन निर्माणको काम नै नगरी भुक्तानीको लागि शिक्षा विकास निर्देशनालय बागमती प्रदेशमा फाइल पेश गरेको रहस्य तु खबरले फेला पारेको छ ।

सो निर्माणाधीन भवन मापदण्ड विपरित भएको भन्दै विभिन्न तथ्य र तस्वीर सार्वजनिक हुँदासमेत विद्यालय व्यवस्थापन समितिले सो भवन निर्माणको काम स्वीकृत नक्सा बमोजिम भएको भन्दै भुक्तानीको लागि फाइल निर्देशनालयमा पेश गरिएको हो ।

सोही फाइलका आधारमा शिक्षा विकास निर्देशनालयले भानु माविलाई रकम भुक्तानीको काम अघि बढाएको हो । काम सम्पन्न हुन बाँकी रहँदै सम्पन्न भइसकेको गलत प्रतिवेदन दिएर रकम फुत्काउने चलखेल निर्माण समितिको रहेको तथ्य पनि सार्वजनिक भएको छ ।

भवन सम्बन्धी मापदंडलाई मिचेर बेस बिम समेत नहाली हतारहतार काम गरिरहेको निर्माण समितिले काम सक्नु कहिले हो कहिले अहिले नै काम सम्पन्न भइसकेको फाइल तयार पारेर सरकारी पैसा फुत्काउने प्रयत्न भएको हो ।

प्राविधिक बिष्णु ढुंगानाले कामै नसकी काम सम्पन्न भइसकेको गलत प्रतिवेदन दिएपछि भानु माविको १२ कोठे भवन निर्माणसम्बन्धी काममको भुक्तानी हुन लागेको हो । गत जेठ मसान्तभित्र सक्नुपर्ने काम सक्दै नसकी काम सम्पन्न भएको प्रतिवेदन खडा गरिएको छ ।

शिक्षा विकास निर्देशनालयले पनि पैसा प्रिज हुन सक्ने भन्दै काम नै नसकी भुक्तानीको लागि चेक समेत काटेर राखिदिएको छ । यो सबै काम मिलेमतोमा भएको स्रोत बताउँछ ।

शिक्षा विकास निर्देशनालयका निर्देशक चन्द्रप्रसाद लुईटेलले श्री भानु माध्यामिक विद्यालयको नाममा चेक काटिएको स्वीकार गरे ।
उनले चेक नकाट्दा बजेट फ्रिज हुनुसक्ने संभावना रहेकोले चेक काट्नुपरेको तु खबरलाई बताए ।

विद्यालयले पहिलो किस्ता स्वरुप रु १५ लाख रुपैँया भुक्तानी लिइसकेको निर्देशनालयले जनाएको छ । बाँकी करिब ३५ लाख उहाँहरुले दाबी गर्न पाउँनुहुन्छ । हामीले बजेट फ्रिज होला भनेर चेक काटेका हौँ, कमी कमजोरी रहेछ भने हामी भुक्तानी दिँदैनौँ – निर्देशक लुईटेलले भने ।

विद्यालयको दाबी यस्तो

निर्देशनालयले सो भवन निर्माणको लागि कूल ५० लाख ७९ हजार २ सय ४१ रुपैँया १३ पैसा विनियोजन गरेको छ । तर विद्यालयले ५९ लाख ९ हजार ५ सय १६ रुपैँया २६ पैसा खर्च भएको दाबी गरेको छ । जसमा ज्यालातर्फ १८ लाख १६ हजार राखिएको छ । खरिद बिलतर्फ ३६ लाख ६६ हजार २ सय ६० रुपैँया र ढुवानीमा ४ लाख २६ हजार ४ सय ५६ रुपैँया खर्च भएको विद्यालय व्यवस्थापन समितिले दाबी गरेको छ ।

निर्माण समितिले सम्झौता बमोजिम नै काम गरीसकेको विद्यालय व्यवस्थापन समितिले भुक्तानीको लागि तयार पारिएको पत्रमा उल्लेख गरेको छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष मानकुमारी पाख्रिन, प्रअ राजेन्द्र थापा, प्राविधिक विष्णु ढुंगाना र निर्माण समितिको संयोजक चन्द्र बहादुर योन्जनले सो पत्रमा निर्माण सम्झौता बमोजिमनै सबै काम सही तरिकाले भैसकेको भन्दै हस्ताक्षर गरेका छन् । काम भने सम्पन्न हुन बाँकी नै छ । गरिसकिएको काम पनि मापदंड अनुसार छैन । यद्यपी तु खबरसंग प्रतिक्रिया दिँदै प्रअ थापा, प्राविधिक ढुंगाना र निर्माण समितिका संयोजक योन्जनले कमी कमजोरी स्वीकार गरिसकेका छन् ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले भवन निर्माणको कार्यमा गम्भीर लापरबाही भएको भन्दै अनुगमन नगरी काम अघि नबढाउन निर्देशन दिएका छन् । अहिले निर्माणको काम रोकिएको छ, सम्पन्न भएको छैन तर सम्पन्न भएको झुटो प्रतिवेदन शिक्षा निर्देशनालयमा पेश गरिएको छ ।

चेक काटेका छौँ तर विद्यालयको खातामा पैसा गएको छैन – निर्देशक लुइटेल

शिक्षा विकास निर्देशनालयका निर्देशक चन्द्रप्रसाद लुइटेलले चेक काटेको भएपनि सो रकम विद्यालयको खातामा नगएको बताएका छन् । गम्भीर लापरवाही गरी भ्रष्टाचार गरेको विषयमा यसअघिनै विभिन्न माध्ययमबाट थाहा भएकोले आवश्यक अनुगमन गरेर मात्रै सो चेक दिइने उनले बताए ।
गल्ती कमजोरी भएको भए सो चेक नदिने निर्देशक लुइटेलले बताए ।

आफुहरुसंग प्राविधिक नभएकोले अनुगमनमा ढिलाइ भएको उनको भनाई छ । ३ दिनभित्र अनुगमन हुन्छ, ७ दिनभित्र यो विषय टुंगो लाग्छ – निर्देशक लुईटेलले भने ।

हेर्नुहोस् भिडियो –

यो पनि पढ्नुहोस,

भानु मावि अपडेट –अनुगमनको लागि अख्तियारको टोली पुग्यो

अपडेट भानु मावि :भवनको काम तत्काल रोक्न सीडीओको निर्देशन

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*