साउन ११, हेटौंडा/पूर्वमन्त्री गोकुल बास्कोटाले गृहमन्त्रालयले ‘जात्रा’ देखाएको भन्दै आलोचना गरेका छन् ।
आइतवार सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै बास्कोटाले गाडी चढ्ने यात्रुलाई सास्ती दिएको भन्दै गृहमन्त्रालयको आलोचना गरेका हुन् ।
‘गृहमन्त्रालयले के जात्रा देखाको ?’ उनले प्रश्न गरेका छन्, ‘बच्चा, केटाकेटी, बुढाबुढी एउटा बसबाट झार्ने एक किलोमिटर हिँडाउने फेरि अर्को बस चढाउने ? न चेकजाँच न अरु ? बेकारको सास्ती के उदेश्यले यात्रुलाई दुःख दिएको ? तत्काल हटाऊ ।’
सेयर गर्नुहोस्