हेटौंडामा एम्बुलेन्स चालकको मनलाग्दीले बिरामीलाई सास्ती

हेटौंडा टुडे
११ श्रावण २०७७, आईतवार २३:५६

हेटौंडा / बागमती प्रदेशको राजधानी हेटौंडामा तपाइँ बिरामी पर्नु भयो र एम्बुलेन्स आवस्यक पर्यो भने तपाइँले एम्बुलेन्स पाउनु हुन्न । कित तपाइँ अन्य कुनै गाडी रिजर्व गरेर जानुपर्छ कि त्यसै बस्नुपर्छ । सरकारले स्वास्थ्य क्षेत्रमा निकै सुधार गर्ने र सुधार गरेको जनाए पनि राजधानी मै बिरामी बोक्न एम्बुलेन्स पाइदैन । हेटौंडामा बिरामी बोक्ने एम्बुलेन्सको मनपरीले नागरिकलाई निकै सास्ती भैरहेको छ भने थप उपचार गर्न अन्य अस्पतालमा जान सक्ने अवस्था छैन । तर सम्बन्धित निकायले यस प्रति कुनैपनि चासो देखाएको छैन ।
कोभिड १९ को माहामारी संगै लकडाउनका बेला हेटौंडामा कुनै पनि एम्बुलेन्स संचालन मै आएका थिएनन् भने अहिलेपनि कुनैपनि एम्बुलेन्सले बिरामी बोक्नै मान्दैनन् । यसबारे चौतर्फी गुनासो आएपछि आज हामीले केहि एम्बुलेन्स चालकलाइ फोन गर्यौ तर कुनैले बिरामी लान मानेनन् । सुरुमा हामीले हेटौंडा अस्पतालको सरकारी एम्बुलेन्सको चालकलाई फोन गर्यौ, ९८४५०३११७७ मा । यो नम्बरमा फोन गर्दा गाडी बिग्रिएको छ गेरमा समस्या छ भन्ने जवाफ आयो ।
त्यसपछि हामीले ९८४५०२८*** मा फोन गर्यौ । यो फोनले हामीलाई ९८६५२१०*** मा फर्काइदियो । यो नम्बरमा फोन गर्दापनि बिग्रिएकै समस्या दोहोरीयो । त्यसपछि हामीले ९८४५२९९९*** मा फोन गर्यौ लागेन । रेडक्रसको एम्बुलेन्सलाई ९८४५१४८*** मा फोन गर्दा इन्जिन बनाएकाले जान नमिल्ने बतायो । रेडक्रसले अर्को ९८४५५७०*** तिर रेफर गरिदिएपछि हामीले अन्तिम पटक अर्को नम्बरमा प्रयास गर्यौ गाडी पुरानो छ जादैन भन्ने जवाफ आयो । यसरि एम्बुलेन्स चालकको मनलाग्दीका कारण हेटौंडामा बिरामी बोक्न एम्बुलेन्स पाउन सक्ने अवस्था छैन । तर यसप्रति सम्बन्धित निकाय भने मौन छ । नागरिकको स्वास्थ्य उपचारका लागि बिरामी बोक्ने एम्बुलेन्स नपाइदा बिरामी त्यसै मर्नुपर्ने अवस्थाको सृजना हेटौंडामा भएको छ ।
एम्बुलेन्स चालकले आफुलाई पाएक पर्ने ठाउँतिरमात्र हिड्ने, आफन्त वा अन्य मानिस ओसार्ने,अत्याधिक भाडा लिने, साझ परेपछि फोन नै नउठाउने लगायतका समस्याले हेटौंडामा आम नागरिक हैरान भएका छन् ।
एम्बुलेन्सलाई नियमन गर्नका लागि प्रमुख जिल्ला अधिकारिको अध्यक्षतामा समिति समेत रहने गर्दछ तर उक्त समितिले कुनै वास्ता नगर्दा एम्बुलेन्स चालकको मनोमानी बढ्दै गएको छ ।
उता मकवानपुरका सिडियो दिपकराज नेपाल भने आफुहरुले एम्बुलेन्सको जिम्मा स्थानीय तहलाई दिएको बताउछन् । एम्बुलेन्सले कस्तो सेवा दिएको छ, आम नागरिकको गुनासो छकी छैन त्यो स्थानीय सरकारले हेर्ने हो र कारवाहीको सिफारिस गर्ने हो हामीले हेरेर साद्धे नै लाग्दैन सिडियो नेपालले भने ।
उता हेटौंडा अस्पतालका मेडिकल मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रविन श्रेष्ठले एम्बुलेन्सको गुनासो निकै आइरहेको स्वीकार्छन् । राति फोन नउठाउने बिरामी नबोक्नेलगायतका समस्या निकै हुने गरेकोले यसको नियमन र कारवाही सम्बन्धित निकायले गर्नुपर्ने मेसु श्रेष्ठले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*