शिवा आले कार्कीको नयाँ तीज गीत ‘बामरी’ सार्वजनिक

टुडे संवादाता
१६ श्रावण २०७७, शुक्रबार १८:१७

साउन १६,काठमाडौं/लोक गायिका शिवा आले कार्कीको नयाँ तीज गीत ‘बामरी’ सार्वजनिक भएको छ ।

लोक गायक बम बहादुर कार्कीको शब्द तथा लय संकलनमा रहेको सो गीत बिहीवार कार्कीकै युट्युब च्यानलमा सार्वजनिक गरिएको हो । गीतमा संगीत संयोजन महेन्द्र भण्डारीले गरेका छन् ।

गायन समूहमा गीता श्रेष्ठ पनि छन् । मारुनी स्टुडियोमा रेकर्ड गराइएको गीतमा अभिनय रुविना अधिकारी र शिवा आले लगायतका कलाकारले गरेका छन् । कोरियोग्राफर तथा निर्देशक विष्णु शर्मा हुन् ।

गुल्मी जिल्लाको स्थानीय भाकालाई टिपेर बनाइएको तीज गीतको भाका गुल्मीमा प्रख्यात छ ।

हेर्नुहोस भिडियो

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image