भीमफेदी २ मा काँग्रेसको अन्तरक्रिया

टुडे संवादाता
२२ श्रावण २०७७, बिहीबार १८:५९

साउन २०,हेटौंडा/क्रियाशील सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरणको लागि नेपाली काँग्रेस भीमफेदी गाउँपालिका वडा नम्बर २ ले अन्तरक्रिया तथा छलफल गरेको छ ।

बिहीबार वडा सभापति पञ्चराज भ्लोनको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस मकवानुरका सल्लाहकार भरत पुराजुलीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा पार्टी प्रतिनिधिसभा क्षेत्र नम्बर २ का सभापति यतिराज सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा पार्टी महाधिवेशन प्रतिनिधि जानकी लामा, मोमलाल दोङ, नन्दलाल लामा, काँग्रेस भीमफेदी गाउँपालिका सभापति सञ्जीव श्रेष्ठ, काँग्रेस नेतृ गोरीमाया लामा, नेता गोपी बल, नारायण थापा, नेपाल शिक्षक संघका सचिव विदुर थापा, नेपाल विद्यार्थी संघका नेता मिलन पुडासैनी, १ नम्बर वडा सदस्य सुमित्रा थिङ, २ नम्बर वडा सभापति विशेश्वर श्रेष्ठलगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image