गढि गाउँपालिकालाई नेपाली काँग्रेसद्धारा ध्यानाकर्षण

हेटौंडा टुडे
२७ श्रावण २०७७, मंगलवार १३:४६

मकवानपुर \ मकवानपुर गढि गाउँपालिकामा कोरोना भाईरस संक्रमित दिनानुदिन बृद्धि भईरहँदा समेत गाउँपालिकाले परिक्षणको दायरा नबढाएको भन्दै आज ध्यानाकर्षण पत्र निकालेको छ । आज नेपाली काग्रेँस गढि गाउँपालिका ३ नम्बर बडा कार्यालयले आज ध्यानाकर्षण पत्र निकालेकोे हो ।
३ नम्बर वडाका अध्यक्ष विजय लामा थोकरले जारी गरेको ध्यानाकर्षण पत्रमा कोरोना भाईरस कारण समुदायमा स्तर मै नै यसको प्रभाव देखिएको भन्दै सामाजलाई नै आँतकित पारेको हुँदा उक्त रोकबाट थप जटिलता बन्न नदिनको लागि सम्बन्धीत निकायलाई ध्यानकर्षण गराएको हो ।
पत्रमा आवश्यक परिक्षण तत्काल गराउनको लागि अनुरोध गरेको छ । कार्यालयले समुदायलाई सचेतनाका कार्याक्रमहरु समेत ल्याउनको साथै उचित व्यवस्थापनका लागि ध्यानाकर्षण गराएको लामाले जानकारी दिनु भयो ।
आज देखि मकवानपुर जिल्लालाई निषेधाज्ञा गरिएको छ । विहान नै देखि पुर्व पश्चिम राजमार्गका सवारीसाधन ठप्प रहेको छ भने कुनै पनि पसलहरु संचालनमा नआएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख सुशिल सिंङ राठोरले जानकारी दिनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*