बार्सिलोनाका एक खेलाडीमा कोरोना संक्रमण

टुडे संवादाता
२८ श्रावण २०७७, बुधबार १८:२१

काठमाडौं /स्पेनिस क्लब बार्सिलोनाका खेलाडीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ। बार्सिलोनाले बुधबार आफ्ना खेलाडीमा कोरोना संक्रमण भएको जानकारी दिएको हो। तर, कोरोना संक्रमित च्याम्पियन्स लिग खेल्ने खेलाडी नभएको पनि बार्सिलोनाले उल्लेख गरेको छ।

प्रि–सिजन ट्रेनिङमा रहेको खेलाडीमा कोरोना लागेको हो। प्रि–सिजनको ट्रेनिङमा बार्सिलोनाका ९ जना खेलाडी छन्। प्रि–सिजनको अभ्यासमा रहेका सबै खेलाडीको कोरोना परीक्षण गर्न लगाइएको छ।

यसअघि स्पेनिस क्लब एथ्लेटिको मड्रिडका दुई खेलाडीमा पनि कोरोना संक्रमण देखिएको थियो।

बार्सिलोना सिनियर टिम भने च्याम्पियन्स लिगको क्वाटरफाइनल खेल्न बिहीबार पोर्चुगलको राजधानी लिस्बन प्रस्थान गर्दैछ। क्वाटरफाइनलमा बार्सिलोनाले जर्मन क्लब बायर्न म्युनिकसँग सेमिफाइनल प्रवेशका लागि शुक्रबार राति प्रतिस्पर्धा गर्दैछ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image