अस्पतालबाट कोरोना संक्रमित टाप

टुडे संवादाता
७ भाद्र २०७७, आईतवार १२:४८

वीरगञ्ज/वीरगञ्जमा दुई जना कोरोना संक्रमित अस्पतालबाट भागेका छन् ।वीरगञ्ज हेल्थ केयर कोरोना विशेष अस्पतालबाट संक्रमित भागेका हुन् ।

राति २ बजेतिर राउण्डमा गएका स्वास्थ्यकर्मीले संक्रमित नदेखेपछि प्रहरीलाई खबर गरेका थिए । डिलक्स क्याबिनमा बस्दै आएका उनीहरु कसरी भाग्न सफल भए भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

अस्पतालको पछाडिबाट हाम फालेर भागेको हुन सक्ने आशंका प्रहरीको छ । उनीहरुको खोज तलास भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image