काठमाडौं । पछिल्लो २४ घण्टामा ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छन भने २८१ जना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन ।
यो सँगै देशभर कोरोना संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ । संक्रमितमध्ये १८ हजार ६३१ जना उपचारपछि निको भइसकेका छन् ।
त्यस्तै १३ हजार १५५ जना सक्रिय संक्रमितको विभिन्न अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ । यी मध्ये ३ हजार ९४३ जना होम आइसोलेनमा छन् ।
देशभर ११ हजार ४१४ जना क्वारेन्टिनमा छन् ।
आज थपिएका संक्रमितमध्ये उपत्यकाका १६६ जना रहेका छन् । भक्तपुरका २८, काठमाडौंका १२६ र ललितपुरका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागैश्वर गौतमले आज ९आइबार० को प्रेस ब्रिफिङका क्रममा यसबारे पुष्टि गरेका हुन् ।
सेयर गर्नुहोस्