अबदेखि हेटौंडाका संक्रमितहरुको मोबाइल ट्रयाक गरिने

हेटौंडा टुडे
१३ भाद्र २०७७, शनिबार ११:१०

हेटौंडा । अबदेखि हेटौंडाका संक्रमितहरुको मोबाइल ट्रयाक गरिने भएको छ होम आइसोलेसनमा बसेका संक्रमित घरमै बस्छन् कि समुदायमा निस्कन्छन् भन्ने निगरानी राख्नको लागि उनीहरुको मोबाइल जीपीएस ट्रयाकिङ गर्न सुरु गरिएको मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रविन श्रेष्ठले बताए ।

एन्ड्रोएड एपको सहायताले संक्रमितको फोन ट्रयाक गर्ने र बेला बेला निगरानी गर्ने व्यवस्था सुरु गरिएको मेसु श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रत्यक वडाका वडा अध्यक्षहरुले आफ्नो वडाका संक्रमितहरुको निगरानी राख्नेछन् ।

हेटौंडाका वडा अध्यक्षहरु संग यो बिषयमा छलफल भैरहेको श्रेष्ठको भनाइ छ । हेटौंडा १ र ४ नम्बरमा होम आइसोलेसनमा बस्ने संक्रमितको मोबाइल ट्रयाक गर्ने काम समेत सुरु भैसकेको छ ।

हेटौंडामा होम आइसोलेसन बसेका हेटौंडाका एक बैंकका मेजेजरको मोबाइल ट्रयाक गरेर यो कामको सुरुवात गरिएको हो ।

निश्चित भूस्थिति पत्ता लगाउनु र लक्षित मोबाइल फोन प्रयोगकर्तालाई ट्रयाक गर्नु नै फोन ‘ट्रयाकिङ’ हो । यसो गर्दा ट्रयाक गरिने व्यक्ति रहेको स्थानको नक्सा गुगलले पत्ता लगाइदिन्छ तर यसो गर्न सम्बम्धित व्यक्तिको अनुमति चाहिन्छ । अनुमति बिना कसैको फोन ट्रयाक गर्न मिल्दैन ।

मोबाइल एपको प्रयोगले होम आइसोलेसनमा बसेका संक्रमितको फोन ट्रयाक गर्ने र थप निगरानी बढाउने उदेश्यले हेटौंडामा यस्तो खालको प्रयोग गर्न थालिएको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*