१० बजे सम्म बजार खुल्ने गरी आज रातीबाट मकवानपुरमा निषेधाज्ञा हटाइयो

टुडे संवादाता
१५ भाद्र २०७७, सोमबार १०:४७

हेटौंडा /मकवानपुरमा आज राति १२ बजेसम्म लगाइएको निषेधाज्ञा हटाइएको छ ।गत साउन २६ गते राति १२ बजेदेखि सुरु भएको निषेधाज्ञा आज राती १२ बजे बाट हटाइने भएको हो ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको आज विहान बसेको बैठकले जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको निषेधाज्ञा हटाउने निर्णय गरेको छ ।

बैठकले सर्वसाधारणका लागि खाद्यान्न, इन्धन, तरकारी दूग्धजन्य र औषधिजन्य लगायतका अतिआवश्यक बस्तु खरिद गर्न विहान ५ बजेदेखि १० बजेसम्म पसल व्यवसाय संचालन गर्न दिइने निर्णय गरेको छ ।

त्यसैगरी बैठकले जिल्लाभरका वित्तिय संस्था, बैँकहरु भोलिदेखि दिनैभरी संचालन गर्न दिनुको साथै उक्त प्रयोजनका लागि जाने सर्वसाधारणहरुलाई निजी सवारी साधनहरु मात्र प्रयोग गर्न दिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरका सूचना अधिकारी देवचन्द्र गर्तौलाले जानकारी दिए ।

मकवानपुरमा अर्को आदेश नभएसम्मका लागि विभिन्न सभा, समारोह, गोष्ठी, धार्मिक पर्वहरुको नाममा भेला गर्न नपाइने र एक जिल्लाबाट अर्को जिल्ला जान निषेध गरिएको छ ।

मकवानपुरमा खाद्यान्न लगायत विभिन्न सामग्रीहरु लोड अनलोड गर्न बेलुका ७ बजेदेखि विहान ५ बजेसम्म समय निर्धारण गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*