हेटौंडा/आत्माबल बलियो बनाउनुस कोरोना मात्र हैन संसार जित्ने सामर्थ मिल्छ । म एक कारोना संक्रमित भर्खरै मात्र कोरोना जितेर पुरानै जिवनमा फर्किएको हाल हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ निवासी युवराज ढकाल ।
विश्व व्यापि रुपमा शन्त्रास फैलीएको नोबल कोरोना भाइरस (कोभिड १९) बाट म पनि अछुतो रहन सकिन । सबै संक्रमितहरुलाई म आग्रह गर्छु । धैर्य गनुहोस कोरोनालाई सहजै परास्त गर्न सकिन्छ । आत्माबल बढाउनुहोस सजिलै जित्न सकिन्छ कोरोना ।
यस्तो रह्यो मेरो कोरोनाको अनुभव
कुरो भदौको अन्तिम बिहिवारको हो । साँझ परिसकेको थियो । अचानक घाँटीमा अफठ्यारो महशुस भयो । सायद मौसम परिवर्तनले पो हो कि ? घाँटी धेरै चिलाउने , खसखस गर्न थाल्यो ।
पछिल्लो समय विश्व व्यापि रुपमा सन्त्रास फैलीएको नोबल कोरोना भाइरस (कोभिड १९) को डर र त्रास जताततै, एक मन ले यो सोच्छ, कतै मलाई पनि कोरोना भाइरस संक्रमण पो भयो कि कता कता डर पैदा हुन थाल्यो । अनि डराउछ यो मन, अर्को मन ले सोच्छु म कहाँ नै गाको छु र कोरोना संक्रमण हुनलाई ।
बिहिवारको त्यो राति खोकि झन बढ्न थाल्यो त्यसपछि सम्झिए देशको उच्च ओदाहमा रहेका सम्माननिय प्रधानमन्त्रिको भनाईलाई, प्रधानमन्त्रिको भनाई अनुसार मनतातो पानि बेसार, नुन हालेर खानुस भन्नु भएको थियो । सोहि कुरालाई आत्मासाथ गर्दै आफैंले पानि तताए । पानिमा नुन, बेसार जस्ता घरेलु जडीबुटी प्रयोग गरेर पानि खाए । खोकि केहि कमि भएको महशुस गरे । आरामले सुते ।
भोलिपल्ट शुक्रवार हिजो सुत्दा केही कमि भएको थियो । तर आज शरीरका सम्पुर्ण अङ्गहरु दुख्न थाले । जसले गर्दा म मा कोरोना संक्रमितको डर थपिदै गयो । म एक सहकारीमा कार्यरत कर्मचारी मैले यो कुरा अफिसमा सबै सहकर्मि साथिहरुलाई जानकारी गराए । सबैले सहकर्मिहरुले हाँसी मजाकमा उडाए,‘यस्तो नि कोरोनाको लक्षण हुन्छ, जस्ता तर्कहरु गर्न थाले दिनभर यस्तै रमाईलो भयो साथीहरु सबै हाँसी मजाक गरे कता कता मेरो यो मन भने रमाईलो संगै डराईरहेको थियो । बेलुकिपख अफिस छुट्टी भयो र घर आए, आराम गर्न बिस्तारामा सुतिरहेको थिए । बिस्तारी शरीरको तापक्रम बढ्न थाल्यो । शरीरमा असहज महशुस भयो, यस्तो लक्षण देखापर्दा समयमा नै सावधानि अपनाउनु पर्छ जस्तो लाग्यो । घर परिवारमा सल्लाह गरे अनि शुक्रवार बाट क्वारेनटिनमा बस्ने निदो गरे ।
भोलि पल्ट शनिवार २ दिनको लगातारको ज्वरो शरीर निकै कमजोर भएको थियो । शनिवार दिनभरी आराम गरे तर २० को १९ नि भएन बेलुकिपख हस्पिटल गए । हस्पिटलको ईमजेन्सि शाखामा गएर आफुलाई परिक्षण गराए । डक्टरको सल्लाह बमोजिम पिसिआर परिक्षण लागि सिफारिस पत्र लिए । शनिवार बेलुकि पत्र लिए आईतबार स्वाब संङकलनको लागि नाम दर्ता गराएर घर फर्किए । शनिवारको रात जसो तसो काँटे,
स्वाब संङकलनको लागि ब्यवस्थित बनाउन बिहान मात्र स्वाब संङकलनको ब्यवस्था मिलाको रहेछ । सोहि अनुसार आईतवार बिहानै स्वाब संङकलन गर्न भनेर घरबाट निस्किए , आइतबारको त्यो बिहान २०७७ भदौ को २८ गते मैले हेटौंडा उपमहानगरपालिकाको आर्युर्वेद तथा जनस्वास्थ्य शाखा स्वाब दिए पिसिआर परिक्षणको लागि स्वाब दिए पश्चात निकै डर लाग्यो कतै कोरोना संक्रमण देखिनेपो हो कि, भनेर एक मन डराए पनि अर्को मन ले हार मानिन कोरोना जितेका पनि छन् नि,
भोलिपल्ट सोमवार थियो । रिपोर्ट कहिले आउला भन्ने मनमा कौतुहलता जग्यो । खैर रिपोर्ट सोमवार नै आयो तर जो न होस भन्नि चाहन्थे आखिर त्यहि नै भयो । रिपोर्ट पोजेटिभ आयो अर्यात म एक कोरोना संक्रमित समाजको नजरमा, रिपोर्ट पोजेटिभ आए सँगै म निकै डराए, म माथि आकाश खसे जस्तो महशुस भयो ।ठुलै गल्ति गरे जतिकै भयो । सबै सहकर्मि साथिहरु, दाजुभाईहरु र मेरो सम्पर्कमा आएकाहरु सबैलाई जानकारी गराए मलाई कोरोना देखियो भनेर, सबैले मलाई मनोबल उच्च राख्न नडराउन सल्लाह दिए । सोहि बमोजिम कोरोना एक सामान्य रोग हो । यो रोग जो कोहिलाई लाग्न सक्छ भन्नि मनमा जाग्यो । सबैले हौसला प्रदान गरे मनमा कोरोना को डर भगाई आत्माबल बलियो बनाएर घरमै क्वारेनटिनमा बसे ।
मैले राम्रो संग कोरोना अनुभव गरे । सुरुको समस्या समान्यतया घाँटी दुख्ने, शरीर दुख्ने गल्ने र ज्वरो आउने साथै कसैकसैमा श्वासप्रश्वासमा गाह्रो हुने झाडापखाला लागेको पाईन्छ ।
हालै सम्म कोरोनाको औषधि पत्ता लागेको छैन । तर जे लक्षण देर्खापर्छ सोहि रोगको औषिधि लिए । सायद भोलिको दिनमा पक्कै नि कोरोनाको औषधि पत्ता लाग्ला कि भनेर मनमा लिएर क्वारेनटिनमा बसिरहे ।
मलाई कोरोना संक्रमण देखिए पछि दिनकै डाक्टरको प्रत्यक्ष सम्पर्कमा रहिरहे । डाक्टरको सल्लाह बमोजिम ईम्युनिटी पावर बढाउन भिटामिन सि डि बि सबै औषधि सेवन गरे ।
कोरोनाको कारण गर्दा स्वाद, गन्ध समेत हराउने हुँदा मैले क्वारेनटिम मा बस्दा बढि भन्दा बढि मात्रामा तातो झोलिलो पदार्थ पिउने गरे तातो पानि बेसार पनि पिउने गरे , डाक्टरको सल्लाह अनुसार घरेलु औषधि प्रयोग गरे ।
मैले हरेक दिन डर र त्रास भन्दा पनि दिनको खालि समयमा आफ्नो व्यतिगत सिप,क्षमता एवं जिवनमा उपयोगी हुने विषयको अध्ययन तथा जानकारी लिने गरे यसो गर्दा मनमा अनावश्यक नकारात्मक विचारहरु हाटाउन सकिने महसुस गरे ।
करिब १५÷१६ दिन भयो क्वारेनटिनमा बसेको पनि, समयमा नै औषधि सेवन गरे अनि म आफैलाई महशुस भयो शरीर अलि हलुका भाको र अब फरि कोरोना परिक्षण गर्ने निदो गरे । १६ औं दिनमा ज्यान हलुका भए पश्चात मैले कोरोना परिक्षण गरे स्वाब दिए भोलि पल्ट नै मेरो रिपोर्ट आयो ,रिपोर्ट नेगेटिभ आयो ,धेरै खुसि भए सबैलाई जानकारी गराए सबैले बधाई दिनुभयो ।
मेरो लागि यो सबैभन्दा ठुलो खुसि हो । अझ भन्नु पर्दा एउटा काल नै काटेर आए जतिकै भयो । हामिले बारम्बार संचार माध्यमहरुमा कोरोना संक्रमणबाट ज्यान गुमाएका हरुका समाचार पढ्दै र सुन्दै आएका थियौं । सोहि अनुरुप म एक कोरोना संक्रमित मैले कोरोना जितें सो लाग्यो । एउटा काल नै काटे नयाँ जिवन पाएको महशुस भयो ।
अन्तिममा फेरी पनि सबलाई आग्रह गर्छु कोरोना त हाम्रै साथि हो, हरेक मौसम परिर्वतन हुँदा लाग्ने रूगाखोकी जस्तै हो । यो त नियमित स्वास्थ्य अनुशासन पालना गरि उपचार गर्दा निको हुन्छ । लापरबाही गरेमा ठूलो हानी समेत निम्त्याउन सक्छ । त्यसैले सजक रहौं , सुरक्षीत बसै स्वास्थ रहौ । कोरोना भाइरसबाट आफु नि बाचौं र अरुलाई नि बचाऔं ।