काठमाडौं/आज बस्ने भनिएको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सचिवालय बैठक स्थगित भएको छ।
बैठक आज ४ बजे तोकिएको थियो सोही बैठक स्थगित भएको हो ।पार्टीका प्रवक्ता तथा सचिवालय सदस्य नारायण काजी श्रेष्ठले बैठक भोलि ४ बजे सम्मका लगि स्थागित भएको जानकारी दिए।
भोलि बस्ने बैठकमा पार्टी एकिकरणमा बाँकी काम, सरकार पुनःगठन तथा पछिल्लो दिनमा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली पार्टीसँगको सल्लाहबिना गरेका सरकारी नियूक्तिहरूका बारेमा छलफल गर्ने बताइएको छ।पार्टीका दुई अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डबीच हिजो शुक्रबार छलफल भएको थियो।
सेयर गर्नुहोस्