कसले दियो हिम्मत ?

प्रज्ञा हुमागाईं
२३ आश्विन २०७७, शुक्रबार १५:३७

हेटौंडा/भनिन्छ, नारी बिना सृष्टि अपुरो,अधुरो छ । तर यो लेखाईमा मात्र सिमित बन्दै गईरहेको छ । ब्यवहारमा भने रगताम्य अवस्थामा झाडीमा मृत फेला पर्दछन् ति नारी,खुलेआम हिड्दैछन् बलात्कारी,पक्रन्छन् निदोर्षी !

कारागारमा सजाय खेपी रहेकालार्ई अनेकौ बाहना बनाई रिहा गरिदिने, उसले पाउनुपर्ने सजायबाट लिनुपर्ने मुख्य कदम नलिने, आफु कसरी सम्पतिले भरिपुर्ण होऔ भन्ने मात्रै सोच राख्ने, आफ्नो देशको नारीको ईज्जतमा आँच आएको उनीहरूको जिन्दगी खेर गएको, कयौं निर्मला मारिएको, टुलुटुलु हेरिरहने देखेर पनि नदेखे झैं गर्ने हामी जस्तै एक महिला हाम्री राष्ट्रपति विध्यादेवि भण्डारीले हाम्रो आवाज !  के सुन्नुहोला ?
म एक महिला राष्ट्रपति भएको देशको छोरी हुँ । तर आज म नै असुरक्षित छु नारीलाई मृत्युको दोसाजमा पुर्याउने ति नरपिचासहरुबाट,आखिर नारी प्रतिको गिद्ददे नजर कहिलेसम्म,नारी बाटोमा असुरक्षित,बिधालय मा असुरक्षित , कार्यलयमा असुरक्षित , तिनै नारी सामाजिक सञ्जालमा असुरक्षित ,घरमा असुरक्षित आज बल्ल महशुस गर्दैछु,सतिले सरापेको देश भनेर !!

हाम्रो देश एक महिला राष्ट्रपति बन्नुभएको देश, सुन्दा त सुरुमा यस देशका नारीहरू कति खुशी भएका थिए होलान ! मेरा ती बुढी हजुरआमा समेत खुसी भएका थिए । सत्तरी बर्षकी ती बृध्दा हजुआमाले पनि गर्व गर्नुभएको थियो, महिला राष्ट्रपति हुदाँ ।
अब हाम्रो देशमा नारिको अझैं बढि सुरक्षा हुने भयो, अझै धेरै सुरक्षित हुनेभए नेपाली नारी दोषीलाई कार्वाहि हुनेभयो, राष्ट्रपति पनि एक महिला नै हुनुहुन्छ, राष्ट्रपति एक महिला भएर उहाँले एक महिलाको पिडा नबुझे कसले बुझ्छहोला र ? यहि यिनै हुन शब्द हजुआमाले पिँडीको डिलमा बसेर खुशीले गदगद हुंदै सुनाउनुभएको थियो ।

तर अफसोस !! नारिको सुरक्षा कम हुन त परै जाओस नारिलाई हिंसा गर्ने ति मानवरुपी नरपिचासलाई अलिकति सजाए पनि दिईएन । उनिहरूलाई त केहि दिन कारागारमा बन्दि बनाएर राखेझैं गर्ने र केहिदिनमा चार/पाचँ लाख घुस लिने र रिहा गरिदिने ।  वाउ ! हाम्रो देशको कानुन दैवले जानुन,

पैसा,पहुँच र पावरको अगाडी जस्तोसुकै समस्या नि सजिलै समाधान हुने, अनि किन नबढोस त ति मानवरुपी नरपिचासहरुको आत्मबल ! आखिर कसले दियो त हिम्मत ति अपराधिहरूलाई जो नारीको अस्मिता माथि दाग लाउने कूकर्म ,
हिजो सुनें, आज सुने, हरेक दिन सुन्छु, एक न एक नारी हिंशाको शिकार भएको सुन्छु । अब नारी हिंशाको शिकार बनीरहदाँ केहि न केहि कडा निर्णय लिन्छ होला नि हाम्रो सरकारले भन्ने सोच्छु , तर सोचाईमा मात्र सिमित हुने गर्दछ ।
हरेक दिन सोच्ने गर्दछु । आउला नि त ! त्यस्तो समय हामी नारी निर्धक्क साथ हिंड्न पाउछौं, जब सबैको मुहारमा उज्यालो छाउने छ । तर अहँ !
हाम्रा देशका उच्च ओदाहमा रहेको ठुलावडा, जसको हातमा सबैकुरा छ । शक्ति,पैसा,पावर र पहुँच उहाँहरूनै आखाँ खोलिखोलि निदाईरहनुभएको जस्तो, देखेर पनि नदेखेजस्तो, जानेर नि अन्जान भएजस्तो , बुझेर पनि नबुझेजस्तो । के पैसा नै सबै कुरो हो र ? पैसा मात्रै भए पुग्छ । नारीको सुन्दर जिन्दगीलार्ई पैसा संग दाँज्ने हक कसले दियो ।

हरेक दिन संचार माध्यमा बलात्कारको खबर सून्नु पर्दा हामी नारीलाई कति पिडा भयो होला । ति आमाबाबु जो आफ्नो फुलजस्तो सजाएर हुर्काएको छोरिको बलात्कार पछिको मृत हलत देख्दा छोरिलाई गुमाउनुपर्दा ति आमाबाबुलाई के बित्दो हो । उदाहरणका लागि कञ्चरपुर कि बालिका निर्मला पन्तको आमाबाबुलाई लिन सक्छौं ।
सम्माननीय राष्ट्रपति ज्यू, हामी नारीले आफ्नो घरबाट बाहिर निस्कन पनि सयौं पटक सोचेर निस्कनु पर्ने अवस्थामा पुग्नु परेको छ । कति नारी त आफ्नै घरमा पनि सुरक्षित छैनन् । स्कुल/कलेजमा सुरक्षित छैनन् । जागिरको सिलसिलामा म आफैं केहि गर्छु, कसैमा भर पर्दिंन भनेर निस्किएका नारीहरू सुरक्षित छैनन् । म आफु सुरक्षित छैन, पल्लो घरको चार बर्षिय नानी सुरक्षित छैन, सत्र बर्षकि बहिनी सुरक्षित छैन, अठ्ठाईस बर्षकी दिदी सुरक्षित हुनुहुन्न, राष्ट्रपति ज्यू, नारी राष्ट्रपति भएको देशमा स्वयम नारीनै सुरक्षित छैन । तपाईं आफै पनि त्यो पदको नहुनुभएको भए सुरक्षित हुनुहुन्न थियो होला । के तपाई यस्तो घटना हरदिन सुनेर बस्न सकिरहनु भएको छ । के तपाईको मनले मान्छ सुनेर मात्र बस्न, केहि भएकै छैन जस्तो गरि बस्न के तपाईंको (मन)चित्तले स्विकार्छ  ?

देखाउनुस नारिको शक्ति, केहि लिईदिनुहोस यस्तो निर्णय कि जसले गर्दा ति भोका पिचासहरूले कोही नारीमाथीनजर लगाउनु अगाडि पनि सय चोटि सोच्न परोस । यदि तपाईंले केहि गर्नुभएन भने हामी नारी आफैले कानुन आफ्नो हातमा लिन पर्ने हुन्छ । तर कानुन आफ्नो हातमा त लिउँला, सक्नेले लिन्छन , तर ति भर्खर जन्मिएका, जसलाई संसार के हो भन्ने पनि राम्रो संग थाह हुदैंन, जसले बल्ल बामे सर्न पनि राम्रो गरि सिकेका हुंदैनन् । जसको मुखबाट आवाज त निस्कन्छ, तर शव्दलाई उच्चारण पनि गर्न जानेका हुंदैनन् । ति कलिला फुलका कोपिलाले कसरी बचाँउन सक्छन आफुले आफुलाईरु के एक महिला भएर यो सबै सुन्दा र देख्दा र पढ्दा, तपाईंको आखाँमा आँसु आउदैन ? के बाहिर यो सबै भैईरहदाँ, तपाई आनन्दले आफ्नो करोडौंको गलैचामा टेकेर लाखौंको सोफामा आनन्द लिएर बस्न र करोडौंको गाडिमा चढेर हिंड्न तपाईको आत्माले दिन्छ ? यति भईरहदाँ पनि राति निदाउन सक्नुहुन्छ ।

तपाईंरु सक्नुहुन्छ होला नि हैन, तर हामी सकिरहेका छैनौं । कतै अर्को हिशांको शिकार आफै पो हुने होकी भन्ने डर ले हामी सकेका छैनौं निदाउँन। बल्ल निदाईहाले पनि बिहान उठ्ना साथ त्यहि कुराले मन पिरोल्छ । कतै आज फेरि पनि अर्को शिकार भएको त छैन । फेसबुक खोल्दा फेरि कतै त्यस्तै घटना को खबर त देख्नु पर्ने हैन । यस्तै यस्तै सोचले हामी चिन्तित हुन्छौं । राति त कुरै छोडौं, दिउँसै पनि घरबाट निस्कन डर लाग्छ ।

ठुलो पद त पाउनुभयो, तर त्यो पदमा बसेर आफुले निभाउनुपर्ने भुमिका निभाउनुभएन । तपाईं त केवल आफ्नो सुरक्षाको लागी मात्रै करोडौकरोडका गाडिमा रमाउनुभयो तर अहँ ! एक चोटि पनि आफ्ना जनताका लागि सोच्नुभएन आफ्नो देशको छोरिको लागी सोच्नुभएन । नत्र भने त ति अपराधिहरूले पक्कै पनि कडा सजाएँ पाउंथे होला । नत्र भने त पक्कै पनि तिनलाई झुण्ड्याईन्थ्यो होला सबैका सामु ।
तर अहँ, केहि पनि भएन । अबआशा गर्न बाकीँ पनि केहि रहेन।

#stoprape #stopacidattack #justiceforall

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*