काठमाडौं/नेपाली काँग्रेसको आइतबारको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । पार्टीका पूर्वकोषाध्यक्ष रामबाबु प्रसाईंको निधनमा आइतबार पार्टी कार्यालय बन्द गरिने भएकाले बैठक स्थगित गरिएको स्रोतले जनाएको छ ।
काँग्रेसमा पार्टीका पूर्वपदाधिकारीको निधन हुँदा एक दिन पार्टीको केन्द्रीय तथा जिल्ला कार्यालय बन्द र तीन दिन झण्डा झुकाउने चलन छ । प्रसाईँको निधन शुक्रबार भएपनि शुक्रबार अफिस बन्द नगरिएकोले आइतबार केन्द्रीय कार्यालय र जिल्ला कार्यालय बन्द गरिने भएको हो । आगमी बैठक कहिले बस्ने भन्ने पनि अनिश्चित बनेको छ ।
यसअघि असोज १९ गतेलाई निर्धारित बैठक केन्द्रीय सदस्य अर्जननरसिंह केसी र गगनथापासहित आमन्त्रित केन्द्रीय सदस्य कल्पना चौधरी र शम्भुलाल श्रेष्ठलाई कोरोना देखिएपछि स्थगित गरिएको थियो ।
सेयर गर्नुहोस्