हेटौंडामा किनमेल गर्ने ग्राहकहरुको चहलपहलमा कमि,किन बनेन् देवि दुर्गाको अस्थाई शक्तिपिठ ?

टुडे संवादाता
३० आश्विन २०७७, शुक्रबार १४:००

हेटौंडा/नेपालीहरुको महानचाड बडादशै नजिकिदै गर्दा कोरोना संङक्रमणका कारण यस वर्ष गत वर्षको तुलनामा किनमेल गर्ने ग्राहकहरुको चहलपहल कम देखिएको छ ।
अघिल्ला वर्षमा दशैको आगमनसंगै हेटौंडा बजारमा किनमेल गर्ने मानिहरुको निकै भिड लाग्ने गरेको थियो । तर यस वर्ष भने कोरोना भाईरस संङक्रमणका कारण मानिहरुको चहलपहलमा कमि देखिएको छ ।
पछिल्ला दिनहरुमा कोरोना संङक्रमितको संङख्या निकै बढेपछि चाडपर्वमा समेत किनमेल गर्ने मानिहरुको चहलपहलमा कमी आएको हो ।
कोरोना संङक्रमणका कारण सिमा नाका बन्द भएपछि बजारमा नयाँ सामाग्री नआएपछि मानिहरुको आर्कषण समेत कम भएको ब्यबसायीहरु बताउँछन् ।
६ महिना लामो लकडाउन र निषेधाज्ञा सकिएपछि खुलेका ब्यबसायहरु दशैमा समेत चल्न नसकेको ब्यबसायीहरुको गुनासो छ ।
कोरोनाका कारण देशमा मृतक र संङक्रमित थपिदै जाँदा चाडपर्वमा समेत मानिसहरुमा उत्साह देखिएको छैन ।

किन बनेन् हेटौंडामा देवि दुर्गाको अस्थाई शक्तिपिठ

विजया दशमि नजिकिदै गर्दा हेटौंडाको विभिन्न स्थानमा निर्माण गरिने देवि दुर्गाको अस्थाई शक्तिपिठ कोराना कारण निर्माण भएका छैन्न । जिल्ला प्रशासन कार्यालय मकवानपुरले विभिन्न धार्मिक स्थलहरुमा मेला तथा पूजाआजमा रोक लगाईएकोले हेटौंडा बजारमा देवि दुर्गाको अस्थाई शक्तिपिठ निमार्ण भएका छैन्न ।

यता समुदाय स्तरमा कोरोना संक्रमण फैलीएपछि बजार एरिया मात्र नभई गाउँ घरमा पनि चहलपल कमि आएको छ । दशैं नजिकिएछि रातोमाटो कमेरोले घर लिप्ने त्यो समाज यस वर्ष कोरोना भाइरसले गर्दा क्वारेनटिनमा दशैं मनाउन बाध्य भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*