
हेटौंडा /हेटौंडा पदमपोखरीका युवा गायक सुशील थिङले दीपावलीको अवसर पारेर नयाँ गीत ल्याएका छन् । यसअघि सोलो गीत ल्याएका थिङले दोस्रो सांगेतिक सौगातको रुपमा “हामी देउसी भाई…”बोलको गीत भिडियो सहित शनिबार हेटौंडामा सार्वजानिक गरेका हुन्।
ओपेरा इन्फोटेडमेन्टको अपिसियल युवट्युव च्यानलबाट सार्वजानिक गरीएको हो । हेटौंडामा गायक तथा तामाङ कलाकार संघ मकवानपुरका अध्यक्ष धिरेन लामाले गीतको भिडियोलाई निर्देशन गरेका छन्।
हेटौंडाको पदमपोखरीका विभिन्न स्थानमा छायाँकन गरीएको गीतलाई विक्रम लुङ्वाले खिचेका हुन भने उनले नै सम्पादन गरेका हुन्, । गायक थिङको शब्द संगीतमा बनेको गीतमा सचिन वाईवा, निरु थिङ, प्रकाश तमाङ र राधिका तामाङको अभिनय रहेको छ । १ लाख लगानीमा निर्माण गरीएको देउसी गीतमा दिदीभाई र परिवार संग छुटिदाँको पिडालाई देखाइएको छ ।
हेर्नुहोस भिडियो


सेयर गर्नुहोस्