बकैया हत्याकाण्ड : ललितपुरको माल्टाबाट पक्राउ परे हत्या गर्ने भीमराज भोलन

टुडे संवादाता
२३ कार्तिक २०७७, आईतवार १४:४५

हेटौंडा/जिल्ला प्रहरी कार्यालय मकवानपुरले शुक्रबार दिउँसो बैकया गाउँपालिका वडा नम्बर-४ का २१ वर्षीय विकास वाइवाको हत्या गरी फरार रहेका भीमराज भोलनलाई  पक्राउ गरी सार्वजनिक गरेको छ ।

उनलाई मकवानपुरको सिमाना ललितपुरको बागमती गाउँपालिका वडा नम्बर २ माल्टाबाट पक्राउ गरेको मकवानपुरका प्रहरी उपरीक्षक सुसिलसिंह राठौरले जानकारी दिए । उनलाई पक्राउ गर्न मकवानपुर प्रहरी प्रमुख एसपी सुशील सिंह राठौर सहित ईलाका प्रहरी कार्यालय ठिङगन,प्रहरी चौकी भट्टेडाडाँ ललितपुरबाट टोली खटि गएको थियो।भोलनले शुक्रबार दिउँसो वाइबाको हत्या गरी भागेका थिए ।

उनको खोजी कार्यमा बागमती प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी सुशील सिंह राठौर सहितको टोली लागिपरेको थियो । मकवानपुर प्रहरीले हत्या गरी फरार रहेका उनलाई २४ घण्टाभित्र पक्राउ गर्न सफल भएको छ। पक्राउ परेका भोलनलाई आज बिहान जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पत्रकार सम्मेलन मार्फत सार्बजनिक गरेको छ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image