तोलामा १८ सयले घट्यो सुनको मूल्य

टुडे संवादाता
९ मंसिर २०७७, मंगलवार ११:०९

काठमाडौं /नेपाली बजारमा मंगलवार सुनको मूल्य तोलामा १८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार तोलामा ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य घटेर तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छ।

यसैबीच मंगलबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । सोमवार तोलामा १२१० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार तोलामा ११८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image