आज पनि घट्यो सुनको मूल्य

टुडे संवादाता
१० मंसिर २०७७, बुधबार ११:१९

काठमाडौं /मंगलबार एकैदिन तोलामा १८ सय रुपैयाँ घटेको सुनको मूल्य आज पनि घटेको छ ।

आज (बुधबार) तोलामा एक हजार रुपैयाँले सुनको मुल्य घटेसँगै ९१ हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज बुधबार चाँदी तोलामा ५ रुपैयाँ घटेर तोलाको ११ सय ७५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ। कोरोना भाइरस ‘कोभिड – १९’ विरुद्धको खोप बनिरहेको खबर सार्वजनिक भएपछि सुनको मूल्य घटेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image