सुनचाँदीको भाउ आज स्थिर

टुडे संवादाता
११ मंसिर २०७७, बिहीबार १२:४०

काठमाडौं/आज नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो तोकिएको मूल्य नै आज पनि कायम छ।

महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९१ हजार ५०० र तेजाबी सुनको भाउ प्रतितोला ९१ हजार रुपैयाँ छ।

यस्तै, आज चाँदीको भाउ तोलामा ११७५ कायम छ। लगातार दुई दिनको गिरावटपछि आज सुनचाँदीको भाउ स्थिर कायम भएको हो। मंगलबार र बुधबार गरी तोलामा सुनको भाउ २८ सयले घटेको थियो।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image