आइतबार सुनको मूल्यमा सामान्य गिरावट

टुडे संवादाता
२१ मंसिर २०७७, आईतवार १२:३५

काठमाडौं/नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार तोलामा २०० रुपैयाँ घटेर ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९२ हजार २५० रुपैयाँमा कारोबार भएको छ ।
आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ । साताको कारोबारको अन्तिम दिन शुक्रबार तोलामा १२१० रुपैयाँमा कारोबार भएको आइतबार पनि सोही मूल्यमा कारोबार भएको

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image