मंगलवार सुनको मुल्यमा सामान्य गिरावट

टुडे संवादाता
३० मंसिर २०७७, मंगलवार ११:३१

काठमाडौं /मंगलवार (आज) नेपाली बजारमा सुनको मुल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९२ हजार ३ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९१ हजार ८५० निर्धारण गरिएको छ ।

सोमबार सुनको मूल्य प्रतितोला ९२ हजार ४ सयमा कारोबार भएकोमा आज तोलामा एक सयले घटेको हो ।

त्यस्तै आज चाँदीको मूल्य भने केहि दिन देखि नै स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला १२०० रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image