मानव अधिकारवादीको समूह प्रहरी नियन्त्रणमा

टुडे संवादाता
६ पुष २०७७, सोमबार १३:१४

काठमाडौं/प्रतिनिधिसभा विघटनको विरोधमा प्रदर्शनमा आएका मानव अधिकारवादीको समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिंहदरबारको दक्षिण गेट अगाडी प्रदर्शन गर्न आएका नागरिक समाजका अगुवा कृष्ण पहाडीसहितको समूहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

दक्षिण गेट नजिकै जिल्ला समन्वय समितिको भवन अगाडी ब्यानरसहित प्रदर्शन सुरु गरेका उनीहरुलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएर प्रहरीको गाडीमा राखी लगिएका उनीहरुलाई भृकुटीमण्डप स्थित नेपाल पुलिस क्लबमा राखिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*