म्यान्चेष्टर युनाईटेड कारबाओ कपको सेमिफाईनलमा

टुडे संवादाता
९ पुष २०७७, बिहीबार ११:२८

काठमाडौं । जितसँगै म्यान्चेष्टर युनाईटेड कारबाओ कप फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । बुधवार राति भएको क्वार्टरफाईनलको खेलमा म्यान्चेष्टर युनाईटेडले एभर्टनलाई २–० ले पराजित गरेको हो ।

युनाईटेडको जितमा ईडिन्सन काभानी र एन्थोनी मार्टियलले समान एक एक गोल गरे । खेल सकिन दुई मिनेट अघि काभानीले गोल गर्दै युनाईटेडलाई जितको नजिक पुर्‍याएका थिए ।

मार्टियलले ईन्जुरी समयमा गोल गर्दै युनाईटेडको जित सुनिश्चित गरे । एभर्टन प्रिमियर लिग फुटबलको चौथो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image