हेटौंडा/मकवानपुरको बकैया गाउँपालिकाले पुस १० गते अर्थात भोली शुक्रबार सार्वजनिक विदा दिने भएको छ । गाउँपालिकाले इसाई धर्मावलम्बीहरुको महान चाड क्रिसमसको अवसरमा भोलि गाउँपालिकाभर सार्वजनिक विदा दिने भएको हो ।
गाउँपालिकाको पुस ५ गते बसेको बैठकले क्रिसमसका अवसरमा गाउँपालिका भर सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनीले जारी गरेको विज्ञप्तिमा पुष १० गते क्रिसमसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरिएको उल्लेख छ ।
सेयर गर्नुहोस्