काठमाडौं/नेपाली फिल्म क्षेत्रमा थोरै अभिनयको अनूभव हुनेबित्तिकै नायिकाहरु आफैं फिल्म बनाउने लहर चल्दै आएको छ । यस्तै अहिले ऋचा शर्माले पनि आफैं फिल्म निर्माण गर्न लागेको घोषणा गरेकी छन् ।
अंग्रेजी नयाँ वर्षको अवसर पारेर नयाँ चलचित्र निर्माण मात्रै होइन, चलचित्रको नाम पनि घोषणा गरेकी छन् ।
केदार भुषाल निर्माता रहने चलचित्रको नाम उनले कौसिद रहेको बताएकी छन् । चलचित्रलाई कुमार भाष्करले निर्देशन गर्दैछन् ।
यो चलचित्रमा भोलाराज सापकोटा र ऋचा शर्माको मुख्य भूमिका रहनेछ ।
चलचित्रमा लक्ष्मण बाँनिया सह–निर्माताको रुपमा छन् भने दीमेश श्रेष्ठ कार्यकारी निर्माताको रुपमा छन् ।
बैंकबाट ऋण लिने मानिसको कथामा यो चलचित्र बन्ने यसको फस्टलुकबाट अड्कल लगाउन सकिन्छ ।
सेयर गर्नुहोस्