मकवानपुरको कैलाश गाउँपालिकामा अस्थायी परिवार नियोजन सेवा

टुडे संवादाता
२१ पुष २०७७, मंगलवार १२:१५

हेटौंडा/मकवानपुरको कैलाश गाउँपालिकामा अस्थायी परिवार नियोजन सेवा दिइएको छ । दुइ वटा भन्दा धेरै बच्चा जन्माउने परिपाटीको अन्त्य गर्नका लागि गाउँपालिकामै शिविर सञ्चालन गरेर सेवा दिइएको गाउँपालिकाले जनाएको छ ।
महिलाहरुका लागि पाखुरामा राखिने नरप्लानको सेवा कैलाशको गोगले स्वाथ्यचौकीमा दिइएको गाउँपालिकाका अध्यक्ष टंक मोक्तानले बताए ।

यो सेवाबाट एकैदिन ४४ जना महिलाले सेवा लिएका छन् । सन्तानको रहर पुगेका महिलाले गाउँमै आएको अस्थायी परिवार नियोजन सेवामा आर्कसित भएको अध्यक्ष मोक्तानले बताए ।
कैलाश गाउँपालिकामा अहिले राखिएको शिविर पुरुष बन्ध्याकरण सेवाका कारण धेरै बच्चा जन्माउने प्रचलन घट्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image