
मकवानपुर । थाहा नगरपालिका वडा नं. ३ मा रहेको श्री जनशक्ति कृषक सहकारि संस्थाको कारोबार १ करोड ५० लाख पुगेको छ । सस्थाको शनिबार सम्पन्न १०औं बार्षिक साधारणसभामा सस्थाको कोषाध्यक्ष श्रमिका गोलेले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा १ करोड ४३ लाख २९ हजार ७६ रुपैयाँ बराबरको कारोबार अनुमोदन भएको हो ।
साधारणसभाले संस्थाका अध्यक्ष बिमल केसीले प्रस्तुत गर्नुभएको निति तथा कार्यक्रम, सचिब बाबुलाल कार्कीले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदन, लेखा सुपरिवेक्षण समिति संयोजक सुर्य लामाले प्रस्तुत गर्नुभएको प्रतिवेदन अनुमोदन गरेको छ ।
संस्थाका अध्यक्ष बिमल केसीको अध्यक्षतामा सम्पन्न सभामा उपाध्यक्ष राजकुमार केसीले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
२०६८ सालमा स्थापना भएको सहकारिले बचत तथा ऋण, कृषि यान्त्रिकरण लगायत बिभिन्न कृषि सम्बन्धि गतिबिधिहरु संगै सहकारि बजार बिकास कार्यक्रम संचालन गरिरहेको छ ।

