मकवानपुरका सिडियो रिजाल शिवम् खानि पुगेपछि…

टुडे संवादाता
२८ पुष २०७७, मंगलवार १८:३५

हेटौंडा/शिवम् सिमेन्टको चुन ढुङ्गा खानिको अवलोकन गर्न मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल सहितको टोली आज बिहान खानि क्षेत्र पुगेका छन् ।

मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७ कलवनको डाँडोमा रहेको चुन ढुङ्गा खानिको खनि क्षेत्र अवलोकनका लागि प्रजिअ रिजाल पुग्नुभएको हो ।

मंगलवार बिहान स्थानियबासी ,शिवम् का  प्रतिनिधी,प्रजिअ रिजालका टोली,वडा प्रतिनिधीहरु बीच भएको छलफलबाट उद्योगले एक हप्ता भित्र डिपिआर तयार गरी ओभर बटन ब्यवस्थापन गर्ने र स्थानियबासीको खानेपनि स्रोत र बस्तीमा ओभर बटन नजाने सहमती भएको स्थानिय मंगलमान स्याङ्तानले बताएका छन् ।

अनुगमन पश्चात प्रमुख जिल्ला अधिकारी रिजालले हेटौंडा टुडे सँग कुराकानी गर्दै “स्थानियको माग सम्बोधन गनुपर्ने बताउनुभएको छ । नागरीकहरुलाई खानिको कारणले मर्का पर्छ भने उद्योगले स्थानियबासी लाई मर्का पार्नु हुदैन । र स्थानियको माग उद्योगले सम्बोधन सक्दैन भने सहमती गर्नु भएन ,कार्यवन्यन गर्न सकिन्छ भने स्थानियको मागलाई सम्बोधन गर्दै उद्योग सञ्चालन गर्नुपर्ने बताउनुभएको छ” ।

यता स्थानियबासीका अनुसार आफुहरु शिवम्ले खानि संचालन गरे देखि नै उद्योगले स्थानियबासीहरुलाई झुक्याउँदै आईरहेकाले आफुहरु विश्वस्त नभएको बताएका छन् । यदि अबपनि स्थानियबासीको माग सम्बोधन नभए खानि चल्नै नदिने बताएका छन् ।

यस विषयमा हेटौंडा टुडेले शिवम् का  संचालक रगुनन्द मारुलाई थप जानकारी लिनको लागि पटक पटक टेलिफोन सम्पर्क गर्दा पनि उहाँको फोन उठिरहेको छैन् ।

यो पनि पढ्नुहोस

१३ बुँदे माग सहित स्थानियद्वारा शिवम् सिमेन्टको टिपर चल्न रोक

२८ गते प्रमुख जिल्ला अधिकारी सहितको टोली खानि क्षेत्र अवलोकन गर्ने

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image