हेटौंडा । मकवानपुरको हेटौंडामा रहेको मकवानपुर सहकारी अस्पतालमा आईसियु सहतिको ट्रमा सेन्दर संञ्चालनमा आउने भएको छ ।
मंगलबार पत्रकार सम्मेलन मार्फत सहकारी अस्पतालले ट्रमा सेन्टर संञ्चालनमा ल्याउन लागेको मकवानपुर सहकारी अस्पतालका अध्यक्ष विण्णु गोपाल महर्जनले बताउनुभयो । बुधबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेललबाट उक्त ट्रमा सेन्टरको सुभारम्भ गरीने अध्यक्ष महर्जनले बताउनुभयो । अस्पतालको नयाँ भवनमा ७ बेडको सघन उपचार कक्ष ,३ बेडको पिआईसियु १ बेडको एनआईसियु र हाडजोर्नी सम्बन्धी ट्रमा सेन्टर संञ्चालमा ल्याईने बताईएको छ । कुल ३ करोड ९८ लाखको लागतमा सहकारी अस्पतालले नयाँ भवनमा आिईसियु ,पिआईसियु ,एनआईसियु र ट्रमा सेन्टरको स्थापना गरेको छ । ट्रमा सेन्टर संञ्चालनमा आएपछि हाडजोर्नी सम्बन्धी विरामी काठमाडौँ भरतपुर जानुपर्ने बाध्यता हट्ने अस्पतालका अध्यक्ष श्रेष्ठले दाबी गर्नुभयो ।