अखिल नेपाल फुटबल संघमा अध्यक्ष पदको लागि १३ जनाको दाबेदारी

हेटौंडा टुडे
२९ पुष २०७७, बुधबार १७:४४

हेेटौंडा।  नेपाल संघिय ब्यबस्थामा गएको साढे ३ वर्ष पछि अखिल नेपाल फुटबल संघ एन्फाको बागमती प्रदेश तदर्थ समिति गठन प्रक्रिया अघि बढाईएको छ ।

आज बुधबार हेटौंडामा आयोजित एक कार्यक्रमका बिच समिति गठनका लागी प्रदेशका ११ जिल्लाबाट १३ जनाले अध्यक्षका लागी दाबी गरेका छन् । जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष समेत रहनु भएका टिका लामा सहित मकवानपुरका २ जनाले अध्यक्षका लागी दाबी गरेका छन् ।

काठमाडौ  ,चितवन ,भक्तपुर , धादिङ ,नुवाकोट र काभ्रे बाट एक एक जनाले अध्यक्षका लागी दाबी गरेका छन् । यस्तै दोलखा बाट २ जना ,सिन्धुली ,सिन्धुपाल्चोक र ललितपुरबाट एक एक जनाले दाबेदारी जनाएका छन् । अखिल नेपाल फुटबल संघ बागमती प्रदेश समितिको अध्यक्षको चयन केन्द्रिय समितिले गर्ने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image