सुनको मूल्य तोलामा ४ सयले घट्यो

टुडे संवादाता
२ माघ २०७७, शुक्रबार ११:२९

काठमाडौं/साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले गिरावट आएको छ।

बुधबार प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबारका लागि ९२ हजार ५ सय रुपैयाँ तोकिएको छ।

यता चाँदीको मूल्य भने स्थिर छ। बुधबार चाँदी प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भएको थियो। शुक्रबारका लागि पनि चाँदीको मूल्य १२ सय ६० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image