बैशाखमा हुने निर्वाचनमा देशैभर ओली नेतृत्वको नेकपाको विजय सुनिश्चत :मुख्यमन्त्री पौडेल

टुडे संवादाता
१० माघ २०७७, शनिबार १८:०५

हेटौंडा/बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले सुखी नेपाली समृद्ध नेपाल निमाणको बाँकी अभिभारा पुरा गर्न नेपाली जनताले केपी ओलीकै नेतृत्व चयन गर्ने दावी गर्नुभएको छ ।

बैशाखमा हुने निर्वाचनमा देशैभर ओली नेतृत्वको नेकपाको विजय सुनिश्चत रहेको मुख्यमन्त्री पौडेलले बताउनुभयो । शनिबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९को कार्यकर्ता भेलालाई सम्बोधन गर्दे मुख्यमन्त्री पौडेलले देशका लागी केपी ओलीको बिकल्प नभएको बताउनुभयो ।

पार्टी भित्रैबाट काम गर्न नदिने विषम परिस्थिती सृजना भएपछि प्रधानमन्त्री ओलीले नयाँ जनादेश मार्फत स्थापित भएर जनताका चाहाना पूरा गर्न अग्रसर हुन बाटो समातेको उहाँले बताउनुभयो । केपी ओली नेतृत्वको सरकारले गरेका राम्रा कामलाई जनताले नियालीरहेकै कारण सरकार बिरोधीहरु जनतामा जान डराईरहेको उहाँको तर्क थियो ।  मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले समेत राम्रा काम गरेको दावी गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*