हेटौंडा १३ मा ल्होछार बिशेष साँस्कृतिक कार्यक्रम हुने

टुडे संवादाता
२३ माघ २०७७, शुक्रबार २०:०२

हेटौंडा । तामाङ समुदायको २८५७ औ लाङ ल्हो (गाई बर्ग) सोनाम ल्होछारको अवसरमा मकवानपुरको पदमपोखरीमा ल्होछार बिशेष बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ । फागुन ३ गते बृहत साँस्कृतिक कार्यक्रम मुल समारोह समितीको आयोजनामा हेटौंडा-१३, ठुलोथली,गुम्बाडाँडामा हुने साँस्कृतिक कार्यक्रमको बारे आज न्युज क्लब नेपालमा पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो ।
साँस्कृतिक कार्यक्रममा भेषभुषा, संस्कृति, तामाङ संस्कृति र स्थानिय कलाकारहरुको बिशेष प्रस्तुत रहने कार्यक्रमको संयोजक आइमान मोक्तानले बताए । कार्यक्रममा स्थानिय र राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने उनले बताए । कलाकारहरुमा विश्व दोङ,टिका भोम्जन,सुनिता रुम्बा,सुशिल थिङ र कोरियोग्राफर मेगना मगर लगायतको प्रस्तुति रहने मोक्तानले बताए । तामाङ संस्कृतिलाई जोगाउन प्रत्यक वर्ष कार्यक्रमको आयोजना गरिएको लामाले बताए । कार्यक्रममा प्रमुख अतिथिको रुपमा कांग्रेसका बागमती प्रदेश संसदीय दलका नेता तथा मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँले रहने भएका छन् । कार्यक्रम दिउसो २ बजे सुरु भएर बेलुका १० बजे सम्म रहने कार्यक्रम संयोजक मोक्तानले बताए । उनले प्रहरी र कार्यक्रम मुल समारोह समिती मिलेर सुरक्षा ब्यवस्था राम्रो बनाउने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*