हेटौंडा/भिमफेदी–१ मा निर्माण गरिएको सामरी समवेल सञ्चालनमा हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले भिमफेदी गाउँपालिका वडा नम्बर–१ सामरी खोलामा निर्माण गरेको समवेल सञ्चालनमा ल्याएको छ ।
बोर्डले १ करोड २५ लाख लागतमा भीमफेदी १ सुपारेटार व्यारेकको दक्षिणमा हेटौंडा–१ र भिमफेदी–१ को सिमानामा निर्माण गरेको सामरी समवेलको आज उदघाटन गरेसँगै सञ्चालनमा ल्याएको हो ।
शुक्रबार बिहान हेटौंडा उपमहानगरका मेयर हरिबहादुर महत र मध्ये प्रितनका उपरथि अशोकराज सिग्देल क्षेत्रीले संयुक्त रुपमा समवेलको उदघाटन गरेका हुन् । आजबाट सञ्चालनमा आएको समवेलबाट हेटौंडा वडा नम्बर १,२, ४ र १० नम्बर वडाका करिब ८ सय घरधुरीकालाई दैनिक ३ समय पानी वितरण गरिने बोर्डका अध्यक्ष प्रताप विष्टले जानकारी दिनुभयो ।
कार्यक्रममा सुपारीटार व्यारेकका नेपाली सेनाका महासेनानी प्रकाशराज थापा, रोशन खड्का, हेटौंडा १ का वडाध्यक्ष सविन न्यौपाने, पत्रकार महासंघ मकवानपुर अध्यक्ष हरि हुमागाई, बोर्डका सदस्य इन्द्र नेपाल, निमित्त कार्यकारी निर्देशक सुदर्शन ढकाल स्थानीय व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
सामरीमा निर्माण गरेको समवेल सञ्चालनमा,हेटौंडामा दैनिक २७ लाख लिटर पानी थपीयो
सेयर गर्नुहोस्