शनिबार झुरझुरेमा जारी फुटबलमा फापरबारी र बकैया विजयी

हेटौंडा टुडे
२२ फाल्गुन २०७७, शनिबार २०:३९

हेटौंडा/ मकवानपुरको बागमती गाउँँपालिकाको झुरझरे खेल मैदानमा जारी खुल्ला नकआउट फुटबल प्रतियोगिताको तेस्रो दिन २ खेल सम्पन्न भएका छन् । ग्रामिण बहुउद्देश्य समाज नेपालले आयोजना गरेको प्रतियोगिताको पहिलो खेलमा फापरबारी युवा क्लब र बागमती गाउँपालिका ललितपुर बिच भएको थियो । सो खेलमा ललितपुरलाई फापरबारीले 3;0  गोल अन्तरले फापरबारी विजयी भएको छ ।

फापरबारी युवा क्लबका जर्र्सी नम्बर ११ का अनिश मर्हजनले खेलको ११ औँ मिनेटमा पहिलो गोले गर्दै खेललाई अगाडि बढाएका थिए । जर्र्र्सी नम्बर ७ को सरोज राई खेलको ४३ मिनेटमा दोस्रो गोले गर्दै टीमलाई 2:0 अगाडिमा पु¥याएका थिए भने फापरबारी युवा क्लब कै तर्फबाट खेलको ५१ औँ मिनेटमा शसी मगरले गरेको तेस्रो गोले नै निर्णायक गोल बनेको थियो । पहिलो खेलमा बागमती गाउँपालिका ललितपुरका उमेश तामाङ खेलको म्यान अफ द म्याच चुनिएका छन् ।

आज भएको प्रतियोगिताको दोस्रो खेलमा पारिजात युवा क्लबले एफसी बनखण्डी युवा क्लब हेटौँडा २ः० गोल अन्तरले पराजित गर्दै पारिजात युवा क्लब विजयी भएको हो । खेलको ११ औँ मिनेटमा खेलमा पारिजात युवा क्लबका जर्र्सी नम्बर १७ का छेवाङ लामाले पहिलो गोल गर्दै खेललाई आग्रता लिएका थिए । खेलको ७३ औँ मिनेटमा पारिजात युवा क्लब कै जर्र्सी नम्बर १० का बिजय दोङले दोस्रो गोल गर्दै विजयी भएको हो ।

पारिजात युवा क्लबका विजय दोङ खेलको म्यान अफ द म्याच चुनिएका छन् । उहाँले नगद पाँच हजार रुपैयाँ पुरस्कार सहित ट्रफी प्राप्त गर्नु भयो । भोलि २३ गते पहिलो खेल करौजे युवा क्लव र बारा गढि युवा क्लव बिच दिउँसो १ बजे हुने अयोजकले जनाएको छ । खेलको प्रत्यक्ष प्रसारण हजुरको खबर र हेटौँडा अनलाईन स्पोर्ट टिभिबाट भईरहेको आयोजकले जनाएको छ । प्रतियोगिताको विजेता टिमले १ लाख र उप विजेताले ५० हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र हात पार्नेछन । प्रतियोगितामा उत्कृष्ट गोलकिपर,स्ट्राईकर, प्लेयर अफ द टुर्नामेण्ट र म्यान अफ द म्याच हुने खेलाडीहरुलाई पनि पुरस्कार प्रदान गरिने व्यवस्था रहेको आयोजकले जनाएको छ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*