स्थानीय तह शहिद स्मृति अन्तर्राष्ट्रिय गोल्डकपको दोस्रो दिन : आर्मिको सानदार जित

हेटौंडा टुडे
२८ फाल्गुन २०७७, शुक्रबार २०:२५

हेटौंडा । स्थानीय तह शहिद स्मृति अन्तरास्ट्रिय गोल्डकप तेस्रो संस्करण २०७७ प्रतियोगिताको दोस्रो दिनको खेलमा त्रिभुवन आर्मी क्लब बिजयी भएको छ ।

शुक्रबार हेटौंडा -१० फरेस्ट्री खेल मैदानमा भएको खेलमा त्रिभुवन आर्मी क्लबले ४-२ गोल अन्तरले जावलाखेल युथ क्लबलाई पराजित गरेको हो ।

निर्धारित समयमा कुनै पनि टिमको गोल नभएपछि ट्राईब्रेकर मार्फत खेल टुङ्गाईएको थियो । ट्राईब्रेकरमा त्रिभुवन आर्मी क्लबका जर्सी नम्बर ८ का खेलाडी टंक बस्नेतले १ गोल ,जर्सी नम्बर २ का खेलाडी दिपक गुरुङले १ गोल ,जर्सी नम्बर ४ का खेलाडी बिकास तामाङले १ गोल र जर्सी नम्बर २३ का खेलाडी छोईसाङ्ग आङ्दुङ्बेले १ गोल गरेका थिए ।यस्तै जावलाखेल युथ क्लबका जर्सी नम्बर ७ का खेलाडी फोफोना र जर्सी नम्बर खेलाडी १७ का खेलाडी रुप बहादुर लामाले समान एक एक गोल गरेका थिए ।कुल दश टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख हात पार्नेछन ।भने उपविजेताले ५ लाख प्राप्त गर्ने प्रतियोगिता संयोजक प्रताप बिष्टले जानकारी दिए ।

त्यस्तै प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडीले ५० हजार नगद हात पार्नेछ भने व्यक्तिगत विधातर्फ उत्कृष्ट हुनेहरुले जनही २५–२५ हजार प्राप्त गर्नेछन् । त्यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार पुरस्कारको व्यवस्था गरिएको मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामाले बताए ।

प्रतियोगितामा लिग च्याम्पियन मच्छिन्द्र सहित ६ वटा ए डिभिजन क्लबहरुले सहभागिता जनाएका छन् । त्यस्तै एक विदेशी, एक आयोजक र दुई मोफसलका टोलीहरुले सहभागिता जनाएका छ्न । प्रतियोगिताको फाइनल खेल चैत ७ गतेका दिन हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image