
हेटौडा । स्थानीय तह शहिद स्मृति अन्तरास्ट्रिय गोल्डकप तेस्रो संस्करण २०७७ प्रतियोगिताको चौथो दिनको खेलमा बागमती युवा क्लब सर्लाही बिजयी भएको छ ।
आईतबार हेटौंडा -१० फरेस्ट्री खेल मैदानमा भएको खेलमा बागमती युवा क्लबले २-१ गोल अन्तरले बिभागिय टोलि ए पि एफ क्लबलाई पराजित गरेको हो । बागमती युवा क्लबको तर्फबाट जर्सी नम्बर १६ का खेलाडी बिक्रम धिमाल र जर्सी नम्बर १७ का खेलाडी सागर साहिले समान एक- एक गोल गरेका थिए । यस्तै ए पि एफ क्लबका जर्सी नम्बर १८ का खेलाडी रबि थिङले पेनाल्टीको सदुपयोग गरि एक गोल गरेका थिए । बागमती युवा क्लबका जर्सी नम्बर १६ का खेलाडी बिक्रम धिमाल प्रतियोगिताको म्यान अफ द म्याच घोषित भए । कुल दश टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख हात पार्नेछन । भने उपविजेताले ५ लाख प्राप्त गर्ने प्रतियोगिता संयोजक प्रताप बिष्टले जानकारी दिए ।
यस्तै प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडीले ५० हजार नगद हात पार्नेछ भने व्यक्तिगत विधातर्फ उत्कृष्ट हुनेहरुले जनही २५–२५ हजार प्राप्त गर्नेछन् । त्यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार पुरस्कारको व्यवस्था गरिएको मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामाले बताए ।प्रतियोगितामा लिग च्याम्पियन मच्छिन्द्र सहित ६ वटा ए डिभिजन क्लबहरुले सहभागिता जनाएका छन् । त्यस्तै एक विदेशी, एक आयोजक र दुई मोफसलका टोलीहरुले सहभागिता जनाएका छ्न । प्रतियोगिताको फाइनल खेल चैत ७ गतेका दिन हुने आयोजकले जनाएको छ ।

