हेटौंडा/स्थानीय तह शहिद स्मृति अन्तरास्ट्रिय गोल्डकप तेस्रो संस्करण २०७७ प्रतियोगिताको पाँचौ दिनको क्वाटरफाइनल खेलमा मछिन्द्र क्लब काठमाडौं बिजयी भएको छ ।
सोमबार हेटौंडा -१० फरेस्ट्री खेल मैदानमा भएको खेलमा १-० गोल अन्तरले संकटा क्लब काठमाडौंलाई पराजित लिग च्याम्पियन मछिन्द्र कलब काठमाडौ सेमिफाइनलमा प्रवेश गरेको हो ।
मछिन्द्र क्लबको तर्फबाट जर्सी नम्बर १० का खेलाडी राजेश परियारले एक गोल गरेका थिए । मछिन्द्र क्लब काठमाडौंका जर्सी नम्बर १० का खेलाडी राजेश परियार प्रतियोगिताको म्यान अफ द म्याच घोषित भए ।
चैत ४ गते हुने सेमिफाइनल खेलमा घरेलु टोलि रिगल हेटौंडा रिसोर्ट मकवानपुर -११ संग लिग च्याम्पियन मछिन्द्र क्लब काठमाडौंले प्रतिस्पर्धा गर्ने छ । कुल दश टोलीहरुको सहभागिता रहेको प्रतियोगितामा को विजेताले उपाधिसहित १० लाख हात पार्नेछन ।भने उपविजेताले ५ लाख प्राप्त गर्ने प्रतियोगिता संयोजक प्रताप बिष्टले जानकारी दिए ।
यस्तै प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडीले रोयल ईनिफिल्ड मोटरसाइकल हात पार्नेछ भने व्यक्तिगत विधातर्फ उत्कृष्ट हुनेहरुले जनही २५–२५ हजार प्राप्त गर्नेछन् । त्यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार पुरस्कारको व्यवस्था गरिएको मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामाले बताए ।प्रतियोगितामा लिग च्याम्पियन मच्छिन्द्र सहित ६ वटा ए डिभिजन क्लबहरुले सहभागिता जनाएका छन् । त्यस्तै एक विदेशी, एक आयोजक र दुई मोफसलका टोलीहरुले सहभागिता जनाएका छ्न । प्रतियोगिताको फाइनल खेल चैत ७ गतेका दिन हुने आयोजकले जनाएको छ ।