शहिद स्मृति गोल्डकप : आयोजक टोलि फाईनलमा प्रवेश

टुडे संवादाता
४ चैत्र २०७७, बुधबार १८:२८

स्थानीय तह शहिद स्मृति अन्तरास्ट्रिय गोल्डकप तेस्रो संस्करण २०७७ प्रतियोगितामा आयोजक टोलि रिगल हेटौंडा रिसोर्ट मकवानपुर – ११ प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।

बुधबार हेटौंडा -१० बन बिज्ञान अध्यन संस्थानको खेल मैदानमा भएको पहिलो सेमिफाइनलक खेलमा लिग बिजेता मछिन्द्र क्लब काठमाडौलाई ४-३ गोल अन्तरले पराजित गर्दै आयोजक टोलि रिगल हेटौंडा रिसोर्ट मकवानपुर -११ प्रतियोगिताको फाईनलमा प्रवेश गरेको हो ।

रिगल हेटौंडा रिसोर्ट मकवानपुर -११ को तर्फबाट जर्सी नम्बर १३ का खेलाडी रुपेश केसि र जर्सी नम्बर ९ का खेलाडी रन्जन बिस्टले समान एक -एक गोल गरेका थिए ।यस्तै मकवानपुर -११ कै जर्सी नम्बर ७ का खेलाडी अमिर श्रेष्ठले ब्यक्तिगत २ गोल गरेका थिए । लिग बिजेता मछिन्द्र क्लब काठमाडौको तर्फबाट जर्सी नम्बर ११ का खेलाडी पुजन उपरकोटिले एक गोल फर्काएका थिए ।

यस्तै मछिन्द्र क्लबकै जर्सी नम्बर १५ का खेलाडी अशोक थापा र जर्सी नम्बर १० का खेलाडी राजेश परियारले समान एक -एक गोल गरेका थिए ।घरेलु टोलि रिगल हेटौंडा रिसोर्ट मकवानपुर -११ का जर्सी नम्बर ७ का खेलाडी अमिर श्रेष्ठ प्रतियोगिताको म्यान अफ द म्याच घोषित भए ।

भोलि हुने दोस्रो सेमिफाइनल खेलमा बिभागिय टिम त्रिभुवन आर्मी क्लब र अफ्रिकन रुट्स एशोसियसन भिड्नेछन् । भोली हुने दोस्रो सेमिफाइनल खेलको बिजेताले चैत्र ७ गते घरेलु टोलि रिगल हेटौंडा

रिसोर्ट मकवानपुर -११ संग उपाधीका लागि प्रतिस्पर्धा गर्नेछन । ३ वटा बिभागिय, ३ वटा ए डिभिजन क्लब , एक बिदेशी टिम , एक आयोजक र दुई मोफसलका गरि दश टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख हात पार्नेछन भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ्न ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image