
हेटौंडा/हेटौंडा जारी रहेको स्थानीय तह शहिद स्मृति गोल्डकप अन्तराष्टिय फुटबल प्रतियोगिताको फाईनल खेल आज साविक विजेता रिगल हेटौंडा रिसोर्ट मकवानपुर–११ र विभागिय टोलि नेपाल आर्मी क्लब भिड्ने भएको छ ।
बिहिबार भएको दोस्रो तथा अन्तिम सेमिफाइनल खेलमा अफ्रिकन रुट्स एशोसिएसन अरास डुवल क्यामरुनमाथि जित निकाल्दै आर्मीले मकवानपुर–११ सँगको उपाधि भिडन्त पक्का गरेको थियो ।
आयोजक मकवानपुर ११ ले नवजनजागृति युवा क्लब, सिमरा र लिग च्याम्पियन मछिन्द्रलाई पराजित गर्दै फाइनलसम्मको यात्रा तय गरेको हो ।
शनिवार आज हुने फाइनल खेलको विजेता र उपविजेतालाई बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पुरस्कार वितरण गर्ने भएका छन् ।
प्रतियोगिताको सर्बोउत्कृट खेलाडीले रोयल इन्फिल्ड बुलेट बाईक हात पार्नेछन् । त्यस्तै विधागत उत्कृट हुने खेलाडी ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् ।
प्रतियोगिताको बिजेता टोलीले ट्रफिसहित नगद १० लाख प्राप्त गर्नेछ भने उपविजेता हुने टोलीले ट्रफिसहित नगद ५ लाख प्राप्त गर्नेछ ।

