हेटौंडा ९ मा खुल्यो पशुपति अर्गानिक आयल मिल

हेटौंडा टुडे
१३ चैत्र २०७७, शुक्रबार २१:२७

हेटौंडा । युवा व्यावसायी वसन्त कुमार मिश्रले हेटौंडा उपमहानगर पालिका वडा नबर 9 गुम्बाचोकमा करिब ४३ लाख बराबरको शुद्ध तोरिको तेल पेल्ने उद्योग सन्चालन गर्नु भएको छ ।

आजकल बजारमा देखिएका विभिन्न ब्रान्डका तेलहरुमा सत प्रतिसत शुद्धता नभएको भन्ने उपभोत्ताहरु बाट विभिन्न गुनासोहरु आईरहेका छन । अझ भनौ समाचार माध्यममा देखेने र सुनिने गरेका छन । यो सब कुरालाई मध्य नजर गर्दै आफ्नो ठाउँबाट र आफ्नो ब्यबसायबाट मिश्रले उपभोत्ताको स्वास्थलाई मध्ये नजर गर्दै यो ब्यबसाय सुरु गरेको जानकारी दिनु भयो ।

आफुले सुरु गरेको यो व्यावसायबाट उपभोक्ताले आफ्नै आँखा अगाडि यस् उद्योगबाट  तोरि किनेर यसै उधोगबाट  उत्पादन भएको शुद्ध तोरिको तेल आफ्नो घरमा लैजान सक्ने छन । त्यति मात्र नभै आफैले लगेको तोरिबाट पनि किसानले यस उधोगबाट तेल निकाल्न सक्ने छ्न तर पेलेको ज्याला भने उधोगलाई तिर्नु पर्ने छ । यदि किसानले पचास किलो भन्दा बढि तोरि किनेमा या पेल्न ल्याएमा मात्र तेल पेल्न सकिने मिश्रले बताए ।

मकवानपुरबासिलाई मिसावट रहित शुद्ध तिरिको तेल बित्तरण गर्ने उदेश्य संचालनमा आएको यश उधोगले दुई सय नब्बे रुपैयामा ग्राहकले तेल किन्न सक्ने छन । तेल किन्द नया बर्ष 2078 सालबाट ग्राहकाको लागि विशेष अफर रहेको पनि मिश्रले जानकारी दिनु भयो ।

बिहान 9 बजे देखि साझ 5 बजे सम्म सन्चालनमा रहने यस उधोगमा  विशेष चितवनको तोरि रहने छ र यश उधोगमा एक पटकमा चार सय लिटर तेल उत्पादन क्षमत रहेको सन्चालक मिश्रले हेटौंडा टुडेलाई जानकारी दिनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*