ज्योतिष परिषद मकवानपुरको ५ औ भेला सम्पन्न, अध्यक्षमा पुन:सापकोटा

हेटौंडा टुडे
४ बैशाख २०७८, शनिबार २२:३३

हेटौंडा । ज्योतिष परिषद मकवानपुरको आज सनिवार  ५ औ जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिबेशन हेटौंडाको टिसिएन रोड स्थित अखण्ड हरिकृतनको सभाहलमा भएको हो।

नेपाल ज्योतिष परिषद केन्द्रिय समितिका अध्यक्ष माधवराज पाण्डेको प्रमुख आतिथ्यता तथा परिषद जिल्ला अध्यक्ष  हरिप्रसाद सापकोटाको सभाध्यक्षतामा  अधिवेशन सम्पन्न भएको हो ।                             अधिवेशनले परिषद मकवानपुरमा नयाँ नेतृत्व चयन गरेको हो । पुन: हरिप्रसाद सापकोटाको नेतृत्वमा २१ सदस्यीय समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा यादवराज बराल,मातृका नेपाल, सुनिल रुपाखेती सचीवमा दामोदर धिताल, सहसचिवमा  कुश अधिकारी, यदुनाथ सुबेदि कोषाध्यक्षमा पबित्रा पौडेल, सहकोषाध्यक्षमा ज्ञान प्रसाद घिमिरे त्यसैगरी सदस्यहरुमा  सुरण दहाल, रामहरि भट्टराई, ईन्द्रप्रसाद नेपाल, डुल प्रसाद दहाल, केशव प्रसाद पौडेल, नारायण प्रसाद पौडेल, प्रेमप्रसाद नेपाल, कृष्णप्रसाद घिमिरे, बिष्णु प्रसाद घिमिरे, बिष्णुप्रसाद दहाल, श्यामप्रसाद शर्मा न्यौपाने, चेत ब स्याङ्तान, मधुकर बर्तौला चयन भएका छन। कार्यक्रममा ज्योतिष परिषद केन्द्रिय वरिष्ठ उपाध्यक्ष केशब धिताल,महासचिव कमल काफ्ले र कोषाध्यक्ष भुपेन्द्र घिमिरेको बिशेष आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image