
हेटौडा । बिहिबार मकवानपुरगढीमा थप ३ जनामा कोभिड संक्रमण देखिएको छ । संक्रमण पुष्टि हुनेमा वडा नम्बर ४ का एक जना पुरुष र वडा नम्बर ७ का एक जना पुरुष र एक महिलामा संक्रमण देखिएका हो । एक जनालाई हेटौंडा अस्पतालमा गरिएको pcr परिक्षणबाट संक्रमण देखिएको हो भने बाँकी २ जना मकवानपुरगढीमा गरिएको एन्टिजेन परिक्षणबाट संक्रमण पुष्टि भएको मकवानपुरगढी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ध्रुव प्रसाद लामिछानेले जानकारी दिनुभयो । यो सँगै मकवानपुरगढीमा कोरोना भाईरसबाट अहिले सम्म कुल १४५ जनामा संक्रमण देखापरिसकेको लामिछानेले जानकारी दिनुभयो ।
आज बिहिबार सम्ममा ७५ जना १४ दिन पुरागरी संक्रमण मुक्त भएका छन् भने आजको दिनसम्ममा ७३ जना सक्रिय संक्रमित रहेकोमा संक्रमित मध्ये ६३ जना होमआईशोलेसन ,१ जनागौरीटार आइशोलेशन र ३ जना अस्पतालमा २ जना हेटौंडा अस्पताल र १ जना cmc भरतपुर उपचाररत रहेको लामिछानेले बताउनुभयो ।

