ज्याेति माविको आयोजनामा मंगलबार लाेक छन्दकाे प्रशिक्षण सम्पन्न

हेटौंडा टुडे
१८ जेष्ठ २०७८, मंगलवार २०:०३

हेटौंडा/हेटौंडा १८ हर्नामाडीमा रहेको ज्याेति माविले आज भर्चुअल (जुम) मार्फत लाेक छन्दकाे प्रशिक्षण सम्पन्न गरेको  छ ।
गत हप्ताबाट हरेक हप्ताकाे मङ्गलबार आयाेजना गर्ने गरी सुरु गरिएकाे साहित्यिक प्रशिक्षण अभियान अन्तर्गत आज लाेक छन्दकाे प्रशिक्षण आयाेजना गरिएकाे विद्यालयका सहायक प्रधानाध्यापक भुपेन्द्र चाैलागाईँले बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क रम्तेलकाे अध्यक्षता एवम् हेटाैँडा उपमहानगरपालिका वडा न. १८ का वडाध्यक्ष अनिल बानियाँकाे प्रमुख आतिथ्यमा सम्पन्न उक्त प्रशिक्षणमा झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष एवम् साहित्यिक अभियन्ता दीपक गौतमले सहजकर्ताकाे भूमिका निर्वाह गर्नुभएकाे थियाे ।
प्रशिक्षक गाैतमले लाेक छन्दअन्तर्गत बालाेरी, सेलाे, सबाई, झ्याउरे छन्द अन्तर्गतका ७ किसिमका छन्दहरूकाे प्रयाेगात्मक अभ्याससहित प्रशिक्षण दिनुभएकाे थियाे ।
प्रशिक्षणमा ज्याेति माविका प्रधानाध्यापक जयराम थापा, निवर्तमान प्रधानाध्यापक शरदकुमार श्रेष्ठ, सहायक प्रधानाध्यापक भुपेन्द्र चौलागाईँ, अङ्ग्रेजी विभागीय प्रमुख उमेश पराजुली, अनु रोक्का लगायत कक्षा १ देखि १२ सम्मका ११५ जना विद्यार्थीकाे उपस्थिति रहेकाे थियाे

विद्यार्थीमा पढाइका साथमा अतिरिक्त क्रियाकलाप अन्तर्गत साहित्य लेखन तथा पठन संस्कृतिकाे विकास गराउने उद्देश्यले कार्यक्रमकाे आयाेजना गरिएकाे विद्यालयका प्राचार्य जयराम थापाले बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image