
हेटौडा । जिल्ला समन्वय समिति मकवानपुरद्धारा आज मकवानपुरगढी गाउँपालिकाको विभिन्न आयोजनाहरूको अनुगमन गरिएको छ । जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालको नेतृत्वमा गएको अनुगमन टोलीले चालु आर्थिक वर्षमा गाउँपालिकाद्धारा सम्पादित आयोजनाहरुको अनुगमन गरिएको हो ।
अनुगमन टोलीले संघीय सरकार, प्रदेश सरकार र गाउँपालिकाकै लगानीमा सञ्चालित आयोजना तथा जिल्ला समन्वय समितिको मौजदात कोषको रकमबाट निर्माणाधिन योजनाहरुको अनुगमन गरेको हो । अनुगमन टोलीले गाउँपालिकामा निर्माणधीन सामुदायिक भवन, विद्यालय भवन, नदि नियन्त्रण तटबन्धन, १५ शैयाको अस्पताल भवन , कृषि फार्म , बेलीब्रीज, निर्माणधीन पुलहरु, दाना उद्योग, झोलुङ्गे पुलको अनुगमन गर्नुका साथै गाउँपालिकाद्धारा सञ्चालित आइसोलेसन सेन्टरको समेत अनुगमन गरिएको थियो ।


सेयर गर्नुहोस्